Hikmat Acharya
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

नेपाल र भरतीय सशस्त्र सीमा बलबिच १० बुँदे सहमति


कैलाली– सशस्त्र प्रहरी बल नेपाल र भारतीय शसस्त्र सीमा बल बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

आइतवार (आज) कैलाली जिल्लाको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर र भारतीय शसस्त्र सीमा बलबीच शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणको परिसरमा बसेको सो बैठकमा १० विषयमा सहमति गरिएको हो ।

दुबै देशका सशस्त्र प्रहरी दुई सुरक्षा निकाय बिच खबर आदान प्रदान, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा समन्वय गर्न सहमत भएका छन् ।

यस्तै सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, अवैध रुपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, अवैध रुपमा हातहतियार ओसारपसार, तथा लागुऔषध ओसारपसार, मानव तस्करी नियन्त्रण गर्ने लगायतका १० विषयमा समन्वय गर्न सहमत भएका छन् ।

यसका साथै आउँदै गरेकोे बडा दशैं, तिहार, छठ पर्व लगाएतका चाँडपर्वमा भारतबाट स्वदेश आउने र सीमा क्षेत्रमा लुटिने घटना हुन नदिन,दुवै देशका सुरक्षाकर्मीबाट सहजीकरण गरिदिने, सीमामा हुने घुसपैठ तथा अपराध रोकथाम लगायतका विषयमा समेत सहमत भएका छन् ।

उक्त बैठकमा ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डे र भारतीय सशस्त्र सीमा बल, एसएसबी ३ नम्बर बटालियन लखिमपुर खिरीका कमाण्डेण्ट देवानन्द सहित सशस्त्र प्रहरी बल, नेपालबाट सशस्त्र प्रहरी नायव उपरिक्षकहरु मोहन न्यौपाने, पुर्ण बहादुर चन्द र गान्धिव राज स्याङतान तथा एसएसबीबाट एसआई (जिडी) राजेन्द्र जाटको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode