बझाङमा माछा मार्नेक्रममा एक जना वेपत्ता
बझाङ– बझाङको सेती नदीमा माछा मार्ने क्रममा एक जना वेपत्त भएका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका हुन् ।
स्थानियले उनी नदीमा बेपत्ता भएको खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा–७ जनाको प्रहरी टोलीले खोजीकार्य गरिहेको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया