गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
काठमाडौं – टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।
उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया