Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

इजरायलको आक्रमणबाट लेबनानमा ५ सय ५० जनाबढीको ज्यान गयो


इजरायलले लेबनानमा हिजो र आज गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५८ जना पुगेको छ । हिजो एकैदिन चार सय ९२ जना र आजसमेत गरी पाँच सय ५८ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजो इजरायलले लेबनानमा गरेको आक्रमण र क्षति सन् १९९० मा सकिएको गृहयुद्धपछिको सबैभन्दा ठूलो रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिनको आक्रमणमा एक हजार आठ सय ३५ जना घाइते भएका छन् । तीव्र आक्रमण हुन थालेपछि दशौं हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।

इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको छ भने हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ । हिजबुल्लाहका एक हजार तीन सय वटाभन्दा धेरै केन्द्रमा आक्रमण गरेको इजरायलले जनाएको छ ।

अहिले पूर्ण युद्धको अवस्था रहेको र सरकारले हिंसा रोक्न प्रयास गरे पनि असफल भएको लेबनानका प्रधानमन्त्री नजिब मिकातीले बताउनुभएको छ । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घ र मध्यपूर्वी देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजीब मिकाती राष्ट्रसङ्घीय सभामा भाग लिन अमेरिका जाने हुनु भएको छ ।

यसअघि इजरायलको आक्रमणका कारण भ्रमण रद्द गरेकोमा आक्रमण बढेपछि त्यसलाई रोक्ने पहलका लागि पनि महासभा उपयुक्त हुने भन्दै प्रधानमन्त्री मिकाती अमेरिका जान लाग्नुभएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode