Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

माओवादी अछामका सिनियर नेता आह्वान एमालेमा प्रवेश


अछाम । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका पञ्चद्वल बिनायक नगरपालिका कमिटीका अध्यक्ष अमर बि.क.(आह्वान) नेकपा एमालेमा प्रवेश भएका छन् ।

धनगढीमा एक कार्यक्रमका बिच उनी नेकपा एमालेमा प्रवेश भएका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उनलाई औपचारिक रुपमा एमालेमा स्वागत गरेका थिए ।

जनयुद्ददेखी माओवादीमा सक्रिय रहेका आह्वान पञ्चदेवल बिनायक क्षेत्रको सिनियर माओवादी नेताका रुपमा परिचित छन् ।

उनको एमाले प्रवेशले पञ्चदेवल बिनायक क्षेत्रको राजनितिमा प्रभाव पर्ने आँकलन गरिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode