दार्चुलामा मलामी बोकेको जिप दुघर्टना
दार्चुला– दार्चुलामा मलामी बोकेको जिप दुघर्टना भएको छ ।
जिल्लाको गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गरेको जिप शैल्यशिखर नगरपालिका–५ ओखडानी स्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
मलामी बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटना भएको हो ।
उक्त जिपमा १४ जना सवार रहेकोमा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिँ ठगुन्ना रहेका छन् ।
घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया