कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/IMG_20240929_084551-1727578863.jpg)
कञ्चनपुर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीको समूह गाउँ पसेपछि धपाउन घरबाहिर निस्केका स्थानीयले हो–हल्ला गरेका थिए ।
सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो । अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ ।
प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया