Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

प्रहरी चौकी जयगढ अछामद्धारा ज्येष्ठ नागरिक सम्मानित


बान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किरण बहादुर खत्रीले कानुनमा भएका व्यवस्थाहरु को सहि सदुपयोग हुन नसक्दा ज्येष्ठ नागरिकहरुले अनाहकमै दुख पाईरहेका बताए ।

पछिल्लो समय बृद्ध–बृद्धा प्रति हाम्रो समाजमा सम्मान हराउँदै जानुले पनि उनिहरु हेलाको पात्र हुने गरेका उल्लेख गरे । वडा अध्यक्ष खत्रीले स्थानिय सरकारले बृद्धबृद्धा लक्षित कार्यक्रम संचालन गरिनु पर्नेमा जोड दिए । स्थानिय सरकारलाई कानुन बनाउने अधिकार भएको तर यस तर्फ कसैले त्यति ध्यान नदिएको उनको तर्क छ ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष टंक बहादुर साउदले ज्येष्ठ नागरिकको हकहितका निम्ति जनप्रतिनिधिबाट हुनुपर्ने काममा कुनैपनि कन्जुस्याइँ गर्न नहुने बताए ।

जयगढ प्रहरी चौकिमा भएको सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष साउदले गाँउकार्य पालिकाको बैठकमा सशक्त रुपमा आवाज उठाउने उनको भनाई छ । यस्तै उनले पालिकामा एकिकृत मंच निर्माण गरेर आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्न एकजुट हुन सबै ज्येष्ठ नागरिकलाई आग्रह गरे ।
यस्तै समाजसेवि तथा ज्येष्ठ नागरिक तिलक खत्रीले ज्येष्ठ नागरिक समाजको दर्पण तथा इतिहाँस भएको बताएका छन् । ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा प्रहरी चौकी जयगढ अछामद्धारा आयोजित सो सम्मान कार्यक्रममा उनले सरकारले ज्येष्ठ नागरिकका हक, हितका लागि ऐन– कानुन बनाए पनि कार्यन्वयन अत्यन्तै फितलो रहेको बताएका छन् ।

ज्येष्ठ नागरिकका आवाज बुलन्द गर्न समाजका सरोकारवाला सम्पूर्णले एकजुट हुन जरुरी रहेको उनको धारणा छ । उनले विभिन्न सार्वजनिक ठाँउहरुमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सहुलियत दिने कुरामा राज्यका निकायहरु चुकेको गुनासो गरे । ज्येष्ठ नागरिकका सवालमा स्थानिय सरकार उदाससिन देखिएको उनले आरोप लगाए ।

बान्नीगढी जयगढ गाँउपालिका सरकारले ज्येष्ठ नागरिककाका पक्षमा खुलेर काम गर्न नसकेको खत्रीको आरोप छ ।

प्रहरी चौकि जयगढ अछामले गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा पालिकाका विभिन्न वडा बाट उपस्थित करिब ३० जना भन्दा बढि बृद्ध–बृद्धाहरु टीका, खादा सहित सम्मानीत भएका छन् ।

३४औं अन्तराष्ट्रिय नागरिक दिवसको अबसर पारि आयोजित सम्मान कार्यक्रममा पालिकाका विभिन्न वडाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, पत्रकार लगायत अन्य सरोकारवालाहरुको सहभागितामा कार्यक्रमको भएको हो । ८४ बर्षिय ज्येष्ठ नागरिक भिमसेन साउदको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन प्रहरी सहायक निरिक्षक (असई) तथा प्रहरी चौकि ईन्चार्ज गिरिराम नेपालीले गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘सम्मानित बुढ्यौली: विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित विश्वभर यो दिवस मनाईएको हो ।

दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम गरेका छन् ।


क्याटेगोरी : पालिका, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode