Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा मापसे गरेर गर्भवती महिला बोकेको एम्बुलेन्स चलाउंदा दुर्घटना


बैतडी– बैतडीमा एम्बुलेन्स दुर्घटना भएको छ । बैतडीबाट डडेल्धुरा जाँदै गरेको जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –८ खोड्पे नजिकै दुर्घटनामा परेको हो ।

बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयो । एम्बुलेन्समा ती महिलाका दुईतीन जना आफन्त पनि सवार रहेका बताइएको छ ।

एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

एम्बुलेन्स चालक ५० बर्षीय प्रकाश चन्दलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक चन्दले मापसे गरेर एम्बुलेन्स चलाएको पाइएको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

उनीमाथि सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान गरिने उहाँले बताउनुभयो । एम्बुलेन्सलाई नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode