Hikmat Acharya
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

धामी झांक्रिको विश्वासमा बैतडीकी एक सुत्केरी महिलाले ज्यान गुमाइन


बैतडी– बैतडीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ बर्षीया मनिषा घटालको मंगलबार साँझ साढे सात बजेतिर मृत्यु भएको हो ।

सोमबार दिउँसो मृत शिशुलाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलबार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए ।

घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्थामा नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ ।

मनिषा सुस्त मनस्थितीकी रहेकी समेत बुझिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए ।

बर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन् । गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ ।

मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ ।

ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode