Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो


काठमाण्डौ – दशैँ शुरू भएसँगै काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो बढ्न थालेको छ । बाढी र पहिरोले अवरुद्ध भएका सडक खुल्न थालेसँगै गाडीको चाप पनि बढेको छ ।

काठमाण्डौको मुख्य नाका नागढुङ्गाबाट गाडीको आवतजावत सामान्य हुन थाले पनि काठमाण्डौ–हेटौँडा जोड्ने सडक र वीपी राजमार्ग भने अझै पूर्ण रुपमा खुलेको छैन । नागढुङ्गादेखि नारायणगढसम्म भने कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

पानी परेका कारण बिहान केहीबेर नागढुङ्गामा गाडी रोकिएको थियो । अहिले पनि पानी परिरहेको र यसअघि पहिरो खसेका सडकमा पनि जोखिम रहेकाले सावधानीपूर्वक गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode