Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

उच्च रक्तश्रावका कारण अछाममा बाटोमै सुत्केरीको मृत्यु


जिल्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

बिहिवार जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ बर्षिय सरिता देवि जैशिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति उनलाई सुत्केरी बेथा लागेको र स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा राति ३ बजे बाटोमै सुत्केरी भएकि सरिताको मृत्यु भएको हो ।

बिच बाटोमै छोराको जन्म दिएकि उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएको थियो र उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याएकोमा उनको बिहान १०-१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

बाटोमै बच्चा जन्माएकी उनलाई समयमै अस्पताल पुर्याएको भए बचाउन सक्ने अवस्थामा भएपनि ढिलो गरि अस्पताल पुर्याएकाले बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्य बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode