धनगढीबाट अछामका लागि उडेको समिट एयर ३ फन्का घुमेर अवतरण
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/10/dhnTObajhang_20201013134530.jpg)
अछाम– धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ । अछामको साँफेबगर विमानस्थल छेउमा रहेको मसानघाट नजिकै गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताईएको छ ।
कम्तिमा १५:२० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताउनुभयो ।
आज विहान धनगढीबाट उडेको विमान आकाशमै ३ फन्का लगाएपछि अवतरण भएको हो । प्रहरीको सहयोगमा मसानघाट नजिकैबाट गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उहाँले बताउनुभयो ।
बिमानस्थल आसपासमा बंगुर लगायतका जनावर पालन भईरहदा त्यहाँ जम्मा हुने फोहोरको थुप्रोमा चील लगायतका जनावर आईरहने जोखिम निम्तिने भएका यश तर्फ आवश्यक सहजीकरण गरिनु पर्ने समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले जोड दिएका छन् ।
एयरपोर्टको प्रवेशद्वारमै मसानघाट भएकाले हवाईजहाजको उडानका क्रममा गिद्द देखीएपछि त्यसको व्यवस्थापन गर्न समय लाग्दा हवाईजहाजले फन्का लगाउनु परेको उनको भनाई छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया