Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा साढे १५ करोड मुल्यको तस्करी गरेर ल्याएको सामान जफत


सुदूरपश्चिम प्रदेशमा तीन आर्थिक वर्षको अवधिमा भन्सार १५ करोड ५८ लाख ८६ हजार २२४ मुल्यको भन्सार छलीको सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार करोड ५२ लाख २४ हजार ६२०, आर्थिक वर्ष २०७८/७९ मा ६ करोड ८० लाख २८ हजार ८९६ र आर्थिक वर्ष २०७९/८० मा चार करोड २७ लाख ३२ हजार ७ सय ८ रुपैयाँ भन्सार छलीको समानबाट राजस्व सङ्कलन भएको हो।

प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा ७० जना, २०७८/७९ मा पाँच जना र २०७९/८० मा एक सय तीन गरेर एक सय ७८ जना भन्सार छलीका सामान तस्करीमा संकग्नलाई पक्राउ समेत गरेको छ। सुदूरपश्चिममा ट्राफिक जरिबानाबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि हुँदै गएको छ।

प्रदेश प्रहरीले तीन आर्थिक वर्षमा १६ करोड ४३ लाख ३३ हजार रुपैयाँ ट्राफिक जरिबानाबाट राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा चार करोड ५७ लाख ६७ हजार, २०७८/७९ मा पाँच करोड ४१ लाख ९४ हजार र २०७९/८० मा ६ करोड ४३ लाख ७२ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode