Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

राजेन्द्र,लोक बहादुर सहितका का.पा सदस्यलाई अख्तियारले डाक्यो : यस्तो छ कारण !


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका निबर्तमान जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि उपस्थित हुन् पत्राचार गरेको छ ।

गाउँपालिका कार्यालयका जिन्सी माल सामानहरू व्यक्तिगत रुपमा प्रयोग गरेको भन्ने उजुरीका सम्बन्धमा बयान लिन अख्तियार दुरुपयोग आयोगको कार्यालय कञ्चनपुरले पत्राचार गरेको हो ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँपालिका कार्यालयका जिन्सी माल सामानहरू व्यक्तिगत रुपमा प्रयोग गरेको बिषयमा गएको जेठ ५ गते उजुरी परेको थियो ।

गाउँपालिकालाई अख्तियारले पठाएको पत्रमा निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउद सहितका सम्पूर्ण कार्यपालिका सदस्यलाई पत्र प्राप्त गरेको ७ दिन भित्र उपस्थित हुन भनिएको छ ।

उच्चस्तरीय स्रोतका अनुसार पत्र प्राप्त गरेको ७ दिन भित्र उपस्थित नहुनेहरूलाई कानुन बमोजिम भइजाने चेतावनी समेत दिएको छ ।

अख्तियार दुरुपयोग आयोगको कार्यालय कञ्चनपुरबाट गाउँपालिकालाई यही असोज १६ गते बुधवार प्राप्त पत्रको ब्यहोरा निवर्तमान गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितका कार्यपालिका सदस्यलाई अवगत गराइएको गाउँपालिकाले जनाएको छ ।

बयानका लागि अख्तियारले अध्यक्ष,उपाध्यक्ष,६ वटै वडाका वडा अध्यक्ष सहित सबै कार्यपालिका सदस्यलाई बोलाएको हो ।

निवर्तमान जनप्रतिनिधिले आफ्नो कार्यकालमा प्रयोग गरेका जिन्सी माल सामान कार्यकाल सकिए पश्चात् समेत फिर्ता नगरेको गुनासो सहित अख्तियारमा उजुरी परेको स्रोतको दाबी छ ।

बयानका लागि भौतिक रुपमा उपस्थित हुन अख्तियारले गरेको पत्राचारलाई गम्भीर रुपमा हेरिएको छ ।

बान्नीगढीका पूर्व अध्यक्ष, उपाध्यक्ष : पदमा नहुँदा पनि सरकारी सम्पत्तिमै रजगज !


क्याटेगोरी : पश्चिम खोज, राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode