Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अखिलका सदस्यले बैतडीका गणेशलाई अचेत हुञ्जेल कुटे

परिवारको बिचल्ली, उपचारमा समस्या !


धनगढी– अखिल क्रान्तिकारी बैतडी जिल्ला संयोजक गाणेश बममाथि कुटपिट भएको छ ।

अखिलकै सदस्यहरुले उनीमाथि अचेत हुँदासम्म कुटपिट गरेका छन् । कुटपिटबाट उनको होस गुमेको छ ।

अखिल क्रान्तिकारी विद्यार्थाी संगठनको प्रदेश सम्मेलनमा उनीमाथि कुटपिट भएको हो । सुदूरपश्चिम प्रदेश सम्मेलनमा दुई प्यानलबिच चुनाव भएको थियो ।

सोहि चुनावमा सामान्य विवाद हुँदा बम माथी अर्को प्यानलका सदस्यहरुले कुटपिट गरि घाइते बनाएका थिए ।

गत भदौ ३० गतेदेखि अखिल क्रान्तिकारी मावबादी विद्यार्थी संगठनको प्रदेश सम्मेलन चलेको थियो ।

बिरबहादुर थापा र विरेन्द्रराज विष्ट दुई प्यानलबिच चुनाव भएको थियो । विर बहादुर थापा प्यानलको जित भयो । बम विरेन्द« पक्षका थिए । विरेन्द« जिताऔँ भनेर प्रचार गरेको भन्दै विरबहादुर थापा प्यानलका कार्यकर्ताहरुले जितेपछि बम माथि कुटपिट गरेको थियो ।

अत्तरियाको नमस्ते होटलमा अशोज २ गते मत गणना गरेपछि बम माथि कुटपिट भएको बताईएको छ । विरेन्द्र जिताऔँ भन्दै बमले नारा लगाईरहेका थिए ।

सोही निहुँमा विरबहादुर थापा पक्षका कार्यकर्ताहरुले उनलाई अचेत हुँदा सम्म कुटपिट गरेका थिए । १५÷१६ जनाको समुहले बमसहित दुई÷तीन जनामाथी कुटपिट गरेको अखिलका सदस्य जनक धामिले बताए ।

असोज २ गते राति १० बजे मतगणना पछि बम माथि कुटपिट भएको थियो । बममाथि सामुहिक कुटपिट भएको सीसीटीभी फुटेजमा पनि देखिएको छ ।

बमको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेपछि बमले आफ्नो होस नै गुमाएको धामीले बताए ।

उनीमाथी अत्याधिक चोट लगोपछि उनले आफ्नो होस नै गुमाईसके छन्, उनले भने ।धामीका अनुसार असोज ३ गते बमसहितको ग्रुप धनगढी आयो । उनीहरुले फिलिम हेरे । राति अत्तरिया फर्किन ढिला भएपछि उनीहरु धनगढीको चौलानी होटेलमा बसे । राति सुतेका बम बिहान उढ्दा बेपत्ता थिए ।

उनी आफ्नो पाइन्ट र मोवायल कोठामै छोडेर बेपत्ता भएको भन्दै उनी संग बसेकाहरुले अनय सदस्यहरुलाई खबर गरे । बमको खोजी गर्दै जाँदा सेतो पुलको खोला किनारमा उनी बेहोस अवस्थामा भेटिएको धामीले बताए ।

उनको होस गुमिसकेको थियो । उनी खोलामा बसिरहेका थिए । उनलाई हामिले अस्पताल लग्यौँ । धामीले भने अस्पतालको खर्च धेरै, परिवारको बिचल्ली बमका एक श्रीमती र ३ छोराछोरी छन् । बमको उपचारको खर्च कसरी तिर्ने भन्दै परिवार चिन्तामा छ ।

बमको उपचारमा १०लाख बढी खर्च आइसकेको उनको परिवारले बताएको छ । बमको टाउकोको अप्रेशन गरिएको छ । एउटा अप्रेशन अझै गर्नुपर्ने बताइएको बमकि श्रीमती गोदावरी चन्द बमले बताईन् ।

उनले भनिन्, टाउकोमा गहिरो चोट छ । टाउकाको हड्डी नै भाँचिएछ । एकातिर अप्रेशन गरिएको छ फेरी अर्कोतिर पनि गर्नुपर्छ । घरमा कमाउने कोहि छ्रैन् । अस्पतालको १० लाख बढी खर्च आईसक्यो । थोरै भएनी पैसा ल्याउन भनिराछन कहाँबाट ल्याउने ।

बम परिवारको विचल्ली भएको छ । घटनालाई गुपचुप राख्न खोजीएको भन्दै गण्मेशका दाई डम्बर बहादुर बमले गुनासो गरे ।
मार्ने उदेश्यले कुटपिट गरि खोला किनार फालिएको आरोप उनको छ । घटना दर्ता नगर्न समेत पार्टिबाट दबाब गरिएको आरोप समेत उनको छ ।

उनले भने, ७ दिन सम्म प्रहरीले घटनानै दर्ता गरिदिएन, माथीबाट पार्टिले दवाव दिएको छ । भाईको जिन्दगी बरबाद पारिदियो । परिवारको विचल्ली बनायो । यसको जिम्मा कसले लिन्छ ? उनले गुनासो समेत गरे ।

अस्पतालको खर्च, बमको जिवनको र परिवारको जिम्मा पार्टिले लिनुपर्ने माग परिवारको छ ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने सो घटना दर्ता भएसकेर अनुसन्धान भइरहेको जनाएको छ ।

बमबहादुर बिक, पदम काफ्ले, रोहीत जोशी र नविन विष्टमाथी उजुरी दिइएको बताइएको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode