Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

धनगढीबाट राँगागाडासहित १४ लाखको अवैध सामान बरामद


धनगढी- धनगढीबाट ४ वटा राँगागाडा सहित १४ लाखको अवैध सामान बरामद गरिएको छ।

धनगढी उप–महानगरपालिका– १० बनकट्टीघाटबाट बिहिवार राति सशस्त्र प्रहरीले १४ लाख बरावरको राँगा सहितको गाडामा लोड गरिएको सामान बरामद गरेको प्रहरी नम्बर ३४ गण कैलालीका प्रमुख दलबहादुर पाण्डेले जानकारी दिए।

उनका अनुसार सीमा इलाकामा नेपालबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थामा रहेको ४ वटा गाडामा पुरानो कवाडी टायर ट्यूवसहित बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।

बरामद ४ वटा राँगासहितको गाडामा पुरानो कवाडी टायर ट्यूवलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode