Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा एमबीबीएस पढ्ने ९ जनालाई छात्रवृत्ति दिइने


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ। सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिन लागेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै छात्रवृत्तिका लागि कार्तिकको १३ गतेभित्र आवेदन दिन भनेको छ। छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ।


क्याटेगोरी : सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode