Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला-धार्चुला जोड्ने पुलमा व्यापारीको ताला


दार्चुलाः भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन्।

उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन्। प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन्। भन्सार तिरेर भित्र्याइएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको व्यापारिकको भनाई छ।

उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए। सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ।

आइतबार साँझ मात्रै प्रहरीले सदरमुकाम खलंगाको बांगाबगड बजारका दुईवटा पसलबाट भन्सार छलीको सामान बरामद गरेको थियो। नेपाल–भारत जोड्ने सदरमुकाम खलंगाको एकमात्र झोलुंगे पुलमा व्यापारीले तालाबन्दी गरेपछि आवतजावतमा समस्या भएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode