Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुँदै


अछाम– अछाममा कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अछामका सबै पालिकामा ९ गतेदेखि १४ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको बताइएको छ ।
यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाका सबै वडाका ९२ वटा स्वास्थ्य संस्थाहरुबाट कोरोना विरुद्धको खोप लगाइने छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode