Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

साउदिबाट नेपाल फर्केका बैतडीको मेलौली २ सलेनाका जयबहादुर चन्द काठमाण्डौँबाट बेपत्ता


बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ सलेनाका जयबहादूर चन्द बेपत्ता भएका छन् ।

विगत ढाइ वर्षदेखि बैदेशिक रोजगारिका लागि साउदिमा रोजगारर गर्दै आइरहेका चन्द भाद्र २१ गतेदेखि वेपत्ता भएका छन् ।

भदौ २१ गते काठमाण्डौँ पुगे भन्दै आफन्तको सम्पर्कमा आएका थिए । सोहि दिन देखि उनी परिवारको सम्पर्कमा छैनन् ।
३९ बर्षीय चन्दको घरमा २ छोरी र एक श्रीमति छन् ।

उनी काठमाण्डौँबाट कहाँ गए भन्ने पत्ता लाग्न सकेको छैन् । उनको खोजीकार्यका लागि सहयोग गरिदिन उनकी श्रीमती बिरमा चन्दले अनुरोध गरेकी छन् । कसैले भेट्टाए मोवायल नम्बर ९७४८८५७३६९ ह्वाट्सएप नम्बर ९८६५९६००३१ मा सम्पर्क गरिदिन अनुरोध गरेकि छन् ।

२०७९ पुस २२ गते एक म्यानपावर कम्पनीका एजेन्ट सुमन खापुङमार्फत साउदी पुगेका चन्द पछिल्लो तीन महिनायता सम्पर्कविहिन भएका उनको पारिवारिक श्रोतले जनाएको छ ।

साउदी अरबबाट चन्दले पछिल्लो पटक २०८१ साउन १७ गते आफ्नी श्रीमति बिरमा चन्दसंग मेसेन्जरमा कुरा गरेको र त्यसपछि उनी सम्पर्क विहिन भएका छन् ।

साउदी अरब गएदेखि नै चन्दले राम्रो काम नपाएको र कमाइ नभएको आफ्नी श्रीमतिले बताउँदै आएका थिए । २०८० फागुनमा सामान्य घरखर्च चलाउन पैसा पठाएपनि त्यसपछि उनले पैसा समेत पठाएका थिएनन् ।

अर्कोतिर चन्दले २०८१ भदौ २१ गते धनगढीमा रहेका आफ्नी दीदी–भिनाजुसंग मेसेन्जरमा कुराकानी गर्दै आफू यतिञ्जेल साउदीको जेलमा बसेको र जेलबाटमुक्त भएर काठमाण्डौं आइसकेको बताएका थिए ।

मेनपावरसंग केही लेनदेनको काम बाँकी रहेकाले छिट्टै धनगढी फर्केर उनले भेट्ने बाचा समेत गरेका थिए । तर त्यसपछि उनी सम्पर्क विहिन हुँदा घरपरिवार चिन्तामा परेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode