Hikmat Acharya
  • २७ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा अरिङगालले टोक्दन दुई बालबालिकाको मृत्यु


बझाङ- बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको थलारा गाउँपालिका २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो।

अरिङगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र खातीले बताए।

उनका अनुसार घाइते हुनेमा ७ वर्षीया सुमि खाती उनकि आमा डम्मरा खाती र बजै रहेकि छिन्। उनिहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ।

शनिवार दिउसो १२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालले उनिहरुलाई टोकेको अध्यक्ष खातीले जानकारी दिए। मृतक र घाईत सवै एकै परिवरका सदस्य हुन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode