Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाजुराकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार


बाजुरा- बाजुरामा हेलिकप्टरबाट एक सुत्केरीको उद्धार गरिएको छ ।

आइतवार हिमाली गाउँपालिका–५ की २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

प्रेमकलाले कार्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले जिल्ला अस्पताल पुगाएका थिए।

उनले जिल्ला अस्पतालमा २३ गते साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा पाएकी थिइन्। अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ।

स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode