Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जीप दुर्घटना ६ जना मृत्यु


कालीकोट – कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode