तुर्माखादमा कुटाई खाएका असईलाइ जिल्ला झिकाईयो
अछाम । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्जलाई जिल्ला तानिएको छ। सो प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) महेशसिंह धामीलाई जिल्ला तानिएको हो।
यहीँ कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीलाई देउसी भैलोको टिमले कुटपिट गरेको थियो। सो घटनामा असई धामीको कमजोरी देखिएपछि जिल्ला तानेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
साथै उनले कुटपिटमा संलग्नको पनि खोजी कार्य हुने जानकारी दिए। मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीले देउसी भैलो टोलीसँग विवाद गरेको बुझिएको छ। सोही क्रममा असईमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया