Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला जिप दुर्घटना अपडेट: मृत्यु हुनको संख्या ८ पुग्यो, पाँच जना घाइते


दार्चुला– दार्चुलामा जिप दुर्घटनामा परी मत्यु हुनेको संख्या आठ जना पुगेको छ । ५ जना घाइते भएका छन् ।

मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जिप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ६ जनाको जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । मृत्यु हुनेमा ६ जना पुरुष र दुई जना महिला रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिप बिष्ट, सोही ठाउँकी ४० बर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र सोही ठाउँकी २५ बर्षीया शान्ति रावल रहेकी छन् ।

यस्तै बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका १६ बर्षीय सुजीब बोहरा, डिलाशैनी –५ कै ५० बर्षीया विरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने १८ बर्षीय मोहम्मद ओसिलको पनि दुर्घटना परी मृत्यु भएको प्रहरी निरीक्षक रावतले बताए ।

यस्तै दुर्घटनामा परेर घाइते हुनेमा जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ बर्षीय सन्दीप रावल, ठेगाना खुल्न नसकेका प्रकाश रावल र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाह रहेका छन् ।

घाइतेमध्ये चालक जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट रहेको छ ।

जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode