बैतडीमा जेठानीले गरिन देउरानीको हत्या
बैतडी– बैतडीमा एक महिलाले आफ्नै देवरानीको हत्या गरेकि छिन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको हत्या गरेकी हुन् ।
सामान्य घरायसी विवाद हुँदा दिपाले सुनिताको हत्या नै गरिदिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो ।
गएको सोमबार कार्तिक २६ गते दिपाले सुनिता टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएका छ ।
जेठानीले देवरानीको हत्या गरेपछि दुवैका छोराछोरीहरुको विचल्ली भएको छ ।
देवरानीको हत्यापछि दिपा प्रहरीको नियन्त्रणमा छिन् भने सुनिताको मृत्यु भएका कारण दुवैका छोराछोरीहरुको विचल्ली भएको छ ।
मृतक सुनिताको घरमा ८ बर्षीय छोरा र दुई बर्षीया छोरी छन् । दिपाको घरमा १४ र १२ बर्षीय दुई छोरा र १० बर्षीया एक छोरी गरेर तीनजना छोराछोरी रहेका छन् ।
दिपामाथि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया