घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ
डडेल्धुरा– घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ परेका छन् ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ रन्तपाला घर भएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया कुन्ती भट्ट पक्राउ परेका हुन ।
हाल उनीहरु कैलालीको धनगढी उपमहानगरपालिका–६ लालपुर बस्दै आएको बताइएको छ ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय तोकेपछि उनीहरु फरार रहेका थिए ।
फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया