मेरो ठुलो दुर्घटनामा निधन होस भन्ने टिकटक बनाएका बाजुराका स्वास्थ्यकर्मीको दुर्घटनामा मृत्यु
धनगढी– ‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिन तब तिमीलाई मेरो मायाको आभास हुुनेछ,’ भन्ने टिकटक पोष्ट गरेका एक स्वास्थ्यकर्मीको साँच्चिकै दुर्घटनामा परि मृत्यु भएको छ ।
टिकटकमा धनगढीमा मोटरसाइकल दुर्घटना भयो। दुर्घटनामा बाजुराका एक स्वास्थ्यकर्मीले अकालमै ज्यन गुमाए। उनी बाजुराबाट सेवाकालिन तालिमको सिलसिलामा धनगढी झरेका थिए। तर तालिमकै दौरान धनगढीमा दुर्घटना भयो र उनी अकालमै बिते।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै बिहीबार ६ लेन सडकखण्डमा मोटर साइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीको सो दुर्घटनामा परि मृत्यु भएको हो।
सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा उनको मृत्यु भएका प्रहरीले. जनाएको छ ।
खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलमा सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए। गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।
खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक थिए।
उक्त मोटरसाइकलमै सवार डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन्। मुख र पेटमा चोट लागेकी थापाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
पछाडिबाट ठक्कर दिने अर्काे मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया