Hikmat Acharya
  • १४ पुस २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा चट्याङ लागेर एक जना घाइते


डोटी– डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन।

शनिवार कृषि गरणाका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ।

घटनापछि रोकायालाई सरस्वतीर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएको छ।

चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको हो।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode