Hikmat Acharya
  • १७ पुस २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा चट्याङ लागेर चार जना घाइते, ७ चौपाया मरे


बैतडी– बैतडीमा छाट्टा छुट्टै ठाउामा चट्याङ परेर चार जना घाइते भएका छन भने ७ चौपाया मरेका छन् ।

जिल्लाको शिवनाथ गाउंपालिका र सुर्नया गाउंपालिकामा चट्याङ पर्दा चार जना घाइते भएका हुन भने ७ पशुचौपाया मरेका छन् ।

शिवनाथ–२ पोखरामा शनिबार बिहान गोपाल दमाइको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

यस्तै सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा शनिबार दिउँसो परेको चट्याङले घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

विद्युतको लाइनमा परेको चट्याङले क्षति पुगाएको हो।

चट्याङ लागेर सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एक भैंंसी मरेको छ भने धुलिधारमा ६ पशुचौपाया मरेका छन्।

यस्तै पदमराज अवस्थीको एक बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode