Hikmat Acharya
  • १९ पुस २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा आमाको शव देखेर ढलेकी छोरीको निधन : आमाछोरीको एकैपटक दाहसंस्कार


बझाङ । बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका-९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो ।

लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो ।

आमाको मृत्युपछि धनगढीमा पढिरहेकी छोरी रोहिणी आइतबार घर गएकी थिइन् । स्थानीयका अनुसार शव देख्नबित्तिकै उनी बेहोस भएर ढलिन् ।

हिजो अपरान्हसम्म बेहोस अवस्थामै रहेकी उनको अवस्था पनि गम्भीर बन्दै गएपछि आफन्तले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमा-छोरीको मृत्युको कारण यतिबेला आमबगर गाउँ शोकमा डुबेको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode