अछाम घर भएका कडायतसहित २ जना एआईजीमा बढुवा सिफारिस
काठमाडौं- नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले नेपाल प्रहरीका डीआईजीद्वय कुबेर कडायत र रविन्द्र केसीलाई बढुवा सिफारिस गरेको हो।
बुधबार बसेको बढुवा समितिको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाइएको छ ।
सुदूरपश्चिमको अछाम घर भएका कडायत हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल, काठमाडौंमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाडौंमा कार्यरत छन्।
एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया