साँफेबगरमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता आयोजना
अछाम । जिल्लाको साँफेबगरमा सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
साँफेबगर नगरपालिकाको आयोजनामा आउँदो माघ २ गतेबाट पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
आयोजकका अनुसार उक्त प्रतियोगीताको प्रथम पुरस्कार २ लाख ५१ हजार,द्वितीय पुरस्कार १ लाख ५१ हजार र तृतीय पुरस्कार ७५ हजार कायम गरिएको छ ।
माघ २ देखि सुरु साँफेबगर नगरपालिकाको भलिबल प्रशिक्षण केन्द्रको मैदानमा हुने पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
पालिका स्तरीय प्रतियोगितामा सहभागिता जनाउने टिमलाई पालिका बाहेकका २ जना खेलाडी समावेश गर्न सक्ने गरि व्यवस्था गरिएको छ ।
यसअघि पनि साँफेबगरमा सर्वाधिक राशिका भलिबल प्रतियोगिता आयोजना हुँदै आएका थिए ।
अछाम भलिबल खेलको उर्वर भूमि भए पनि प्रतियोगिता र प्रशिक्षकको अभावमा पछाडि पर्दै आएको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताएका छन् ।
भलिबल खेल तर्फको सम्भावनालाई उजागर गरि भलिबल खेलप्रति आकर्षण बढाउन सरोकारवालालाई जिम्मेवार बनाउन यो प्रतियोगिताले भूमिका खेल्ने अधिकृत शर्माले विश्वास व्यक्त गरे ।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया