Hikmat Acharya
  • २३ पुस २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

नगरपालिकालाई गिज्याइरहेको मंगलसैनको सार्वजनिक शौचालय


अछाम । जिल्ला सदरमुकाम मङ्गलसेनको खुला मञ्चका निर्माण गरिएको सार्वजनिक शौचालयको अवस्थालाई लिएर आलोचना हुन थालेको छ ।

सदरमुकामको आकर्षणको केन्द्र रहेको अछाम दरबारको छेउमै निर्माण गरिएको सार्वजनिक शौचालयको सरसफाइ अवस्थालाई लिएर आलोचना हुन थालेको हो ।

नगरपालिकाले निर्माण गरेको शौचालय दुर्गन्धित रहेको अवस्थाका तस्बिरहरू बाहिरिएका छन् । तिँ तस्बिरहरू हेर्दा शौचालय दुर्गन्धित र प्रयोग गर्न धौ धौ पर्ने अवस्थाको देखिन्छ ।

खुला मञ्चमा हुने कार्यक्रम र स्थानीयको सहजताको लागि भन्दै निर्माण गरिएको शौचालयको सरसफाइको अवस्था दयनीय रहे पनि यसको सरसफाईका लागी वडा,नगरपालिका लगायत कुनै पनि निकायले चाँसो लिएका छैनन् ।

गत बर्ष मात्रै निर्माण गरिएको शौचालय सरसफाइमा कुनै पनि निकायले चाँसो नलिएको स्थानीय सर्वसाधारणको गुनासो छ ।

शौचालयको बाहिरी भित्तामा दिशा गरेको १० र पिसाब गरेको ५ रुपैयाँ शुल्क लाग्न व्यहोरा उल्लेख गरिएको भए पनि त्यहाँ शुल्क उठाउने जिम्मेवारी कसैलाई दिइएको छैन नत सरसफाइ कर्मचारी नै राखिएको छ ।

शौचालय सरसफाइको बिषयमा नगरपालिकाले छिट्टै व्यवस्थापन गर्ने बताएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode