अछाममा अव नागरिकता सिफारिस अनलाइनबाटै
अछाम : जिल्ला प्रशासन कार्यालय अछामले नागरिकता प्रमाण पत्र लिनका लागी आवश्यक पर्ने सिफारिस अव अनलाइनबाटै गर्न वडाहरूलाई सूचित गरेको छ ।
जिल्लाका ९१ वटै वडाहरूलाई नयाँ नागरिकता प्राप्तिका लागी सिफारिस गर्दा अनिवार्य रुपमा अनलाइन प्रणाली मार्फत गर्न सूचित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रतिलिपि बाहेक नयाँ नेपाली नागरिकता प्रमाण पत्र जारी गर्न अव अनलाइन मार्फत सिफारिस गर्नू पर्ने छ ।
नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरूप External Module को प्रयोग सुरु गरिएको हो ।
उक्त व्यवस्था कार्यान्वयन गर्न अछाम जिल्लास्थित सबै स्थानीय तहका सूचना प्रविधि अधिकृत,वडा सचिवहरुलाई जिल्ला प्रशासन कार्यालय, अछामको समन्वय र सहजीकरणमा गृह मन्त्रालयले पौष १८ गते Virtual माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम दिएको थियो ।
पूर्व सूचना अनुसार नै आज आइतबार देखी अनलाइन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिस सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताएका छन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया