अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते
अछाम- अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते भएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका‑३ दर्वास्थित पानी मुलको डाडामा बाख्रा चराउने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर लोकेन्द्र बुडाका ७ वर्षीय छोरा सुशान्त बुडा घाइते भएका हुन्।
घाइते सुशान्तको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया