Hikmat Acharya
  • २३ पुस २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘उपमेयरको कोसेली’


बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण गर्न थालेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुमा बच्चा जन्माएका आमाहरुलाई कोसेली दिन थालिएको बताए ।

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि कोसेली दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको उपप्रमुख कौशिला चन्दले बताइन् । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ ।

यो वर्ष पालिकाभरका ४७५ जना सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनाउने लक्ष्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने गरिएको बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode