उपमेयर शारदाकाे विगत पनि धुमिल : प्रअ रहँदाको बिद्यालयको ३ लाख बढी बेरुजु कायमै
अछाम । कमलबजार नगरपालिकाका उप मेयर शारदा बिष्ट कुँवर उप मेयर बन्नु पूर्व शक्ति आधारभूत विद्यालयमा प्रधानाध्यापकको हैसियतका कार्यरत थिइन् ।
नेपाल सरकारले लामो समयदेखी कार्यरत रहेका अस्थायी शिक्षकहरूलाई स्थायी गर्न मौका परीक्षा लिएकोमा उनी अनुत्तीर्ण भएपछि शिक्षण सेवाबाट बाहिरिएकी थिइन् ।
नगरपालिकाको वडा नम्बर २ मा रहेको यस विद्यालयमा लामो समय प्रधानाध्यापकको रुपमा काम गर्दा उनको कार्यकालमा विद्यालयका नाममा कायम भएको ३ लाख बढी बेरुजु ५ बर्षदेखी कायमै रहेको खुलेको छ ।
बिद्यालयको प्र.अका रुपमा उनी कार्यरत रहँदा विद्यालय भवन निर्माणका पेस्की रकम उपलब्ध गराइएकोमा भवन निर्माण नभए पश्चात् उक्त रकम हालसम्म पनि बेरुजु कायम रहेको खुलेको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट पेस्की लिइएको ३ लाख २० हजार रुपैयाँ हालसम्म बेरुजु रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार शक्ति आधारभूत विद्यालयले २ कोठे भवन निर्माण गर्न तीन लाख २० हजार रुपैयाँ पेस्की लिएको थियो । तर, विद्यालयले भवन निर्माणको काम नगरेपछि उक्त रकम २०७५/७६ देखि बेरुजुको रुपमा छ ।
विद्यालयलाई शिक्षा विकास निर्देशनालय, डोटीले चार पटक बेरुजु रकम भुक्तानीका लागि पत्राचार गर्दा समेत कुनै टेर पुच्छर लागेको छैन ।
निर्देशनालयले बेरुजु रकम दाखिला गर्न भन्दै २०७७ पौष २१ गते, २०८० जेठ १८ गते, २०८१ साउन ७ र २०८१ मंसिर १८ गते गरेर चार पटक विद्यालयलाई पत्र गरेको थियो ।
गत मंसिर १८ गते सात दिनभित्रमा बेरुजु रकम दाखिला गर्न आदेश दिएकोमा विद्यालयबाट कुनै जवाफ समेत पेश नभएको बताइएको छ ।
शिक्षा विकास डोटीको निर्देशक दुर्गादत्त विष्टले तीन लाख २० हजार रुपैयाँ असुल नभएको बिषयमा चार पटक पत्राचार गर्दा समेत बेवास्था नगरिएको बताउँदै अब जिल्ला प्रशासनलाई पत्र पठाइने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत उक्त रकम दाखिला गर्न भनेको छ ।
यता विद्यालयका प्रधानाध्यापक कमल प्रसाद भण्डारीले भने उक्ता बेरुजु हालका उप प्रमुख शारदा बिष्ट कुँवरको पालाको रहेको बताउँदै यस बिषयमा उप मेयरलाई नै जानकारी हुने प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार बिद्यालयलाई बेरुजु दाखिला गर्न पत्राचार भएको कुरा समाचार मार्फत उनले जानकारी जानकारी पाएका हुन् । उक्ता पत्र हालसम्म पनि उनको हातमा नपुगेको उनको भनाई छ ।
याे पनि पढ्नुहाेस्
क्याटेगोरी : पश्चिम खोज, शिक्षा, सुदूरपश्चिम
प्रतिक्रिया