धनगढीको रोधिघरमा असइको नाङ्गो नाँच
धनगढी- जिल्ला प्रहरी कार्यालय, कैलालीका एक प्रहरी प्रहरी सहायक निरीक्षक (असइ)ले रोधीघरमा नाङ्गो नाँच देखाउने गरेको भन्दै कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको उजुरी तथा छानबिन शाखामा कार्यरत अमर भण्डारीलाई जिम्मेवारीबाट हटाइएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले कारबाही सरूप भण्डारीलाई जिम्मेवारीबाट हटाएको बताए। तर, उनी जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतमा नै कार्यरत हुनेछन्।
धनगढीको बुद्धचोकस्थित बाडुली रोधीघर एण्ड रेस्टुरेन्ट बारलाई उनले आफ्नो भन्दै आएका थिए। सोही रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएको हो।
उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो गरिएपछि शाखाबाट हटाएर ड्युटी लगाइएको छ। भण्डारीले रोधीघरमा नाङ्गो नाचदेखि विभिन्न लफडा हुँदै आएका छन्। राति १२ बजेसम्म रोधीघरमा प्रहरीकै कर्मचारीहरू मदिरामा रमाउने गरेका भेटिन्छन्।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया