रोजगारिका लागि परीवारसहित भारत गएका बैतडीका एक जनाकाे मृत्यु
बैतडी– बैतडीका एक युवकको भरतमा मृतयु भएको छ । रोजगारिको सिलसिलामा भारत गरेका बैतडीको पुर्चौंडीका पुर्चौंडी नगरपालिका–७ ऐरीगाउँका ३६ बर्षीय मदन लुहारको मृत्यु भएको हो ।
स–परिवार बेंगलोरमा बस्दै आएका लुहारको बुधबार मृत्यु भएको स्थानीय पुरनसिंह ऐरले जानकारी दिए । स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना गरिएका लुहारको मृत्यु भएको उनले बताए ।
चार बर्ष अघि लुहारको पुर्चौंडीमा रहेको घर पहिरोले भासिएपछि उनी परिवार समेत भारत लगेर गएका थिए । मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।
लुहारको मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया