भारतमा बस चलाइरहेका बैतडीका एक जनाको मृत्यु
बैतडी– बैतडीका एक जनाको भरतमा मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ बर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो ।
भारतको गुजरातमा आँफैले चलाउँदै गरेको बस शनिबार राति दुर्घटना हुँदा उनको मृत्यु भएको पाटन नगरपालिका–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए ।
बस दुर्घटनामा गम्भीर घाइते भएका रमेशलाई आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
रोजगारीको सिलसिलामा स–परिवार गुजरातमा बस्दै आएका मृतक रमेशको घरमा श्रीमती,दुई बर्षीय छोरी र एक बर्षीय छोरा रहेका छन् ।
उनका आमाबुवा समेत उनीसंगै बस्दै आएका बताइएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया