Hikmat Acharya
  • ९ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

प‌ञ्चदेवल विनायकमा माघ २२-२६ गतेसम्म एच.पि.भी खोप : निकट भविष्यमै शिविर संचालनकाे तयारी


प‌ञ्चदेवल विनायक नगरपालिकामा यही माघ २२ गतेदेखि २६ गतेसम्म खोप अभियान संचालन हुने भएको छ ।

राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको क्यान्सर न्यूनीकरणका लागि नगरपालिकामा यही माघ २२ गतेदेखि २६ गतेसम्म खोप अभियान संचालन हुने भएको हो ।

अभियान अन्तर्गत नगरपालिकाका ९ वटै वडामा रहेका विद्यालयमा कक्षा ६ देखी १० कक्षासम्म अध्ययनरत १ हजार ५ सय ९२ जना किशोरी र विद्यालय बाहिर रहेका ६५ जना किशोरीहरुलाई खोप लगाइने छ ।

सोमवार नगरपालिकामा पालिका स्तरीय खोप संचालन समिति तथा सरोकारवालाबिच अभिमुखीकरणका क्रममा स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक जनक बहादुर बुढाले ९ वटा वडामा ३० ओटा खोप केन्द्र स्थापना गरि खोप लगाइने जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अम्बिका चलाउनेले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि सञ्चालन हुने खोप अभियानमा सहयोग गर्न सवैमा अपिल गरेकी छन् ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार नगरमा विद्यालय बाहिर रहेका किशोरीको संख्या ६५ देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले उक्त तथ्याङ्कबारे सत्य तथ्य जाँचबुझ गरि एकिन तथ्याङ्क उपलब्ध गराउन आजै वडालाई निर्देशन समेत दिइन् ।

विद्यालय बाहिर रहेका किशोरीहरुलाई विद्यालय भर्ना गर्न आवश्यक थप गतिविधि संचालन गर्ने उनको भनाई थियो ।

यस्तै नगर प्रमुख चलाउनेले पहाडी क्षेत्रका महिलाहरूले पाठेघर खस्ने रोगका कारण समस्या झेल्दै आएकाले निकट भविष्यमै नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागी स्वास्थ्य शिविर आयोजना गर्ने प्रतिबद्धता जनाएकी छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode