Hikmat Acharya
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा लागुऔषध दुव्र्यसनीको समस्या विकराल


कैलाली– कैलालीमा लागुऔषध दुव्र्यसनीको समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेको छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा जिल्लामा लागुऔषध दुव्र्यसनीको समस्या विकराल बन्दै गइरहेको हो ।

पछिल्लो समयमा प्रहरीमा लागुऔषधका मुद्दा दर्ता हुने क्रम ह्वात्तै बढेको छ । लागुऔषध बिक्रेता र प्रयोगकर्ता बढेपछि नियन्त्रण गर्न चुनौती समेत थपिएको छ । खुला सीमानाका कारण सहजै कारोबार हुन थालेपछि नियन्त्रणमा प्रहरीका प्रयास पनि असफल हुन थालेका छन् ।

प्रयोगकर्ता पक्राउ पर्ने तर कारोबारीले सहजै उन्मुक्ति पाउने समस्याका कारण पनि लागूऔषधको जालो भत्काउन मुस्किल हुन थालेको छ ।

बाहिरबाट आएर बस्ने विद्यार्थीहरु बढी संलग्न

लागुऔषध दुव्र्यसनीमा विद्यार्थी उमेर समुहका युवा युवतीहरु संलग्न रहेने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाहिरबाट कोठा भाडामा लिएर पढ्न बसेका तथा आफन्तको घरमा बसेर पढेने विद्यार्थीहरु नै संलग्न रहने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले बताए ।

उनले भने, “बढीजसो पहाडी जिल्लाहरुबाट पढ्नका लागि यहाँ आएर बसेका तथा आफन्तकोमा बसेकाहरु नै संलग्न भएको पाइएको छ । भर्खर क्याम्पस पढ्न सुरु गरेका १५ देखि २५ वर्षका किशोरकिशोरी तथा युवायुवतीहरु यस कार्यमा संलग्न रहेको पाइन्छ् ।’’

पढ्न भनेर कोठामा बस्ने तर उनीहरु दुव्र्यसनीमा संलग्न भइरहने गरेको बोहराको भनाइ छ ।

लागुऔषध प्रयोग गर्नेमा विशेषगरी ब्राउन सुगर, ट्याब्लेट, सुई लगायत प्रयोगकर्ता रहेको बताइएको छ ।

उनले भने, ‘लागुऔषधले विकराल रुप लिएको छ । लागुऔषध दुव्र्यसनीलाई प्राथमिकतामा राखेर नियन्त्रणका लागि हामी प्रयास गरिरहेका छौँ ।’

के छ प्रहरीको तथ्याकं ?

३ वर्षको अवधिमा लागुऔषधको मुद्दामा १ हजार २ सय ८४ जना पक्राउ परेका छन् । २०७८/७९ मा २९७ पुरुष र ९८ महिला गरि ३१५ जना, २०७९/८० मा ४७३ पुरुष ४९ जना महिला गरि ५२२ र २०८०/८१ मा ४२० पुरुष २७ जना महिला गरि ४४७ जना लागुऔषधसहित पक्राउ परेका छन् ।

उनीहरुमध्ये २०७८/७९ मा २०१ जना, २०७९/८० मा ३४७ र २०८०/८१ मा ३१५ जनामाथि मुद्दा दर्ता भएको जिल्ला प्रहर कार्यालय कैलालीले जनाएको छ ।

यस्तै नयाँ आर्थिक वर्षमा लागुऔषध दुव्यर्सनी ह्वात्तै बढेको छ । नयाँ आर्थिक वर्षको पुष महिनासम्म मात्रै ३३३ जनाभन्दा बढी पक्राउ परेका छन् । जसमा २०६ जनामाथि मुद्दा दर्ता भएको छ ।

खुला सीमाना मुख्य समस्या

खुल्ला सीमानाका कारण जिल्लामा दुव्र्यसनीले विकराल रुप लिएको बताइएको छ । जिल्लामा अफगानिस्तान, पाकिस्तान, भारतको जालन्धर क्षेत्रबाट लागुऔषध भित्रिने गरेको डिएसपी बोहराले बताए । ‘यहाँ खुला सीमानाका कारण लागुऔषध प्रयोगकर्ताहरुलाई धेरे सजिलो भएको छ ।

भारतबाट नै यो भित्रिन्छ । कैलालीमा पारी पलियाबाट भित्रिन्छ । अहिले त एकैदिनमा कम्तीमा १० जना पक्राउ पर्छन्’ उनले भने । पुसमा मात्रै ६० जनाभन्दा बढी पक्राउ परेका उनको भनाइ छ ।

अभिभावकको कमजोरी

क्याम्पस पढ्न भन्दै अधिकांस विद्यार्थीहरु पहाडबाट तराइ झर्ने गर्छन् । धेरै कोठा भाडामा लिएर बस्ने गर्छन् भने कोही आफन्तकोमा बस्ने गर्छन् ।

तर उनीहरुमध्ये अधिकांस लागुऔषधको लतमा फसेको हुने डिएसपी बोहरा बताउँछन् ।

“भर्खर प्लस टु जोइनगरेका विद्यार्थी नै बढीजसो फेला पर्ने गरेका छन् । अभिभावकले उनीहरुमाथि फिटिक्कै ध्यान दिएको हुँदैनन् । छोराछोरी पढिराछन् भन्ने सोच आमाबुवाले बनाएको हुन्छन् । तर, यता उनीहरु कुलतमा फसिरहेका हुन्छन्’’ उनी भन्छन, “बिहानदेखि साँझसम्म आफ्नो छोराछोरीले के गर्दैछ । उसको आँखाको चाल उसको व्यवहार चालचलन प्रत्येक अभिभावकले नियाल्नु जरुरी छ ।’’

त्यो अवस्था प्रहरीले मात्रै नियन्त्रण गर्न नसक्ने उनले बातए । अभिभावकको महत्वपूर्ण भूमिका रहेको र राज्यका विभिन्न अंगले पनि यसलाई नियाल्न जरुरी रहेको डिएसपी बोहराको भनाइ छ ।

साथीको लहलहैमा लागेर तथा देखासिखी गरेर पनि युवायुवतीहरु लागुऔषधको कुलतमा फस्ने गरेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode