Hikmat Acharya
  • ९ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा पनि सशस्त्र प्रहरी दिवस मनाइयो


कैलाली– कैलालीमा पनि सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४औँ स्थापना दिवस मनाएको छ ।

कैलालीको बनबेहडामा रहेको बडिमालिका जवान तालिम शिक्षालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्वाटरले आज संयुक्त रुपमा आफ्नो स्थापना दिवस मनाएको हो ।

बडिमालिका जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडाका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारिको प्रमुख आतिथ्यतामा सो कार्यक्रम समपन्न भएको हो ।

दिवसको अवसरमा भलिबल, टेबुल टेनिस, ब्याटम्यान्टन लगायत विभिन्न खेलमा उत्कृष्ट खेलाडिहरुलाई मेडल र प्रमाणपत्र समेत दिइएको थियो ।

यस्तै दिवसकै अवसरमा ७ नं. बाहिनी अत्तरियाको ९ वटा जिल्ला मध्ये सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजारालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालबाट तीन पुस्ते रेकर्डमा जनिने गरि प्रसशांपत्र सहित नगद पुरुष्कार प्रदान गरिएको छ ।

 

यस्तै विभिन्न कार्य क्षेत्रबाट उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई सम्मान सहित प्रसंशापत्र प्रदान गरिएको थियो ।

मुलुकमा चरम द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई गतिलो रूपमा उपस्थित गराउन सफल भएको छ ।

सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र संघर्ष, पृथकतावादी गतिविधि र आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदंगा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode