काठमाडौँबाट कैलाली आइरहेको बस दुर्घटना
धनगढी– काठमाडौँबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ ।
मङ्गलवार ३० वर्षीय राजेन्द्रबहादुर कुवँरले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन् ।
घाईते हुनेमा दार्चुलाकी २२ वर्षीया सपना बोहोरा, कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय राजु खड्का र भक्तपुर सुर्यविनायक नगरपालिका–१ बस्ने ४९ वर्षीय सुरेश कुमार पोखरेल रहेका छन् ।
घाईते तीनै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। चालकलाई चिसापानी प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया