Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

भारतको दिल्लीमा भाजपालाई दुई तिहाई बहुमत


भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेको छ ।

७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित हुनुभएको छ ।

केजरीवाल भाजपाका प्रवेश बर्मासँग चार हजार ८९ मतान्तरले पराजित हुनुभएको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ ।

जीतसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन ।

यस अघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गर्दै भाजपालाई बधाइ दिनुभएको छ ।

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको चुनावलाई भाजपा र सत्तारुढ आम आद्मी पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए ।

कल्याणकारी मुद्दा उठाएको केजरीवालको पार्टीले सन् २०१३ यता दिल्लीमा सरकार चलाइरहेको थियो । तर पछिल्लो समय केजरीवालसहित उहाँको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode