Hikmat Acharya
  • २९ फागुन २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा काकाको मृत्यु ,भतिजा घाइते


अछाम । अछाममा ढुङ्गा निकाल्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खानी माथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । साथै उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका छन् ।

ढुङ्गा निकाल्ने क्रममा आइतबार दिउसो २ बजे एक्कासि माथि बाट पहिरो खस्दा काकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने भतिजा गम्भीर घाइते भएका थिए ।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode