माओवादीले तोक्यो सात प्रदेश र ७७ जिल्लाका इन्चार्ज : अछाममा भण्डारी

अछाम । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ ।
गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय हिजो (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ ।
जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ ।
महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ ।
यता अछाम जिल्लाको ईन्चार्जको जिम्मेवारी शरद सिंह भण्डारीलाइ दिईएको छ ।
संविधान सभा सदस्य समेत रहेका भण्डारी हाल पार्टीको अभियान अन्तर्गत अछाम जिल्लामा रहेका छन् ।
ईन्चार्जको जिम्मेवारी पाएका भण्डारीले आगामी निर्वाचनमा बहुमत सहित सरकारमा सहभागी हुने गरि पार्टी संगठनको बिस्तारमा लागेको बताएका छन् ।
जिल्लाका विभिन्न कार्यक्रममा सहभागीता जनाउने क्रममा पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको पाईएको उनले बताए ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया