बान्नीगढीमा पालिका स्तरिय बाल संजाल गठन

अछाम – बान्नीगढी जयगढ गाउँपालिकामा पालिका स्तरिय बाल संजाल गठन गरिएको छ। गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउदको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच नयाँ बाल संजाल गठन गरिएको हो।
बाल संजालको अध्यक्षमा दिपेन्द्र नगार्जी चयन भएका छन् भने उपाध्यक्षमा सिरीषा रावल, सचिवमा बिबेक शाह, सहसचिवमा आकृती ताम्राकार र कोषाध्यक्षमा प्रेरणा वड चयन भएका छन्। संजालमा अन्य सदस्यहरू समेत चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउदले बालबालिकाको हकहितको संरक्षण तथा प्रवर्द्धन गर्न पालिका सरकार प्रतिबद्ध रहेको बताए । उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक, समुदाय तथा सरोकारवाला निकायहरू सचेत हुनुपर्नेमा जोड दिए।
बाल संजाल गठनसँगै बालबालिकाका अधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको छ। संजालले बालबालिकाका समस्या पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गर्दै समाधान गर्न पहल गर्ने लक्ष्य लिएको छ।
नवगठित बाल संजाललाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका अध्यक्ष साउदले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सवै सरोकारवालाीच सहकार्य हुनुपर्ने औंल्याएका छन् ।
कार्यक्रमको सहजिकरण महिला शाखा प्रमुख समिक्षा थापाले गरेकी थिईन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया